बालेन झण्डै दोब्बर मतले लम्किरहँदा स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर
- Lumbini Press
- जेष्ठ १, २०७९
- 296 Shares
-
Read Time:1 Minute, 10 Second
काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले १,२,३, ४ र ३२ गरी पाँचवटा वडाको मतगणना भइरहेको छ । यी पाँचवटै वडाको मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ ।
अहिलेसम्म ४ हजार ४ सय ५३ मतगणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रता बढाएका छन् । उनी दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापित र तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहभन्दा निकै अगाडि देखिएका छन् ।
निर्वाचन कार्यालयले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार साहले १५ सय ८७ मत पाएका छन् ।
एमालेका स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् । सिर्जनाले भने स्थापितसँगको मतान्तर घटाएकी छन् । उनीहरूको मतान्तर ६५ छ । स्थापित र बालेनकाे मतान्तर ७०० छ ।
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

प्रतिकृया दिनुहोस्