बुद्ध एयरको जहाजमा चितवन पुगे रवि, गाडीमा भैरहवातर्फ जाँदै

बुद्ध एयरको जहाजमा चितवन पुगे रवि, गाडीमा भैरहवातर्फ जाँदै
0 0
Read Time:1 Minute, 23 Second

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल पुगेका छन् ।

रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले भर्खरै जहाज चितवन ल्यान्ड भएको जानकारी दिए । “भर्खर हाम्रो टिम चितवन ल्यान्ड भयौँ । अब यताबाट भैरहवा गाडीमा जाँदैछौँ,” उनले बाह्रखरीसित भने ।

भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।

बिहीबार (पुस ३)मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो ।

त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %