कार्यालय समयमा नआए पनि रविको काम नरोकिने

कार्यालय समयमा नआए पनि रविको काम नरोकिने
0 0
Read Time:2 Minute, 5 Second

बुटवल । शुक्रबार कार्यालय समय २ बजेसम्म भए पनि जिल्ला अदालत रुपन्देही आउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापित रवि लामिछानेको काम आजै हुने भएको छ ।

जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि जुनसुकै समयमा अदालत आए पनि काम हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बाह्रखरीलाई जानकारी दिए ।

उनले भने, “हामीले प्रहरीलाई रवि लामिछानेलाई ल्याइदिन भनेका थियौँ । सोहीअनुसार, प्रहरीले समन्वय गरेर ल्याउँदै छ । हामीले कार्यालय समय भनेर बस्ने कुरा हुँदैन । हामीले बोलाएपछि काम गर्नैपर्छ । आज आए आजै हुन्छ ।”

रवि आज (पुस ४) बिहान पौने आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए । तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देही आउँदै छन् । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा ल्याइँदै छ । लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल तथा रास्वपाका केही नेता पनि उनीसँगै आउँदै छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार (पुस ३) उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही आउन लागेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %