एमालेमा लुम्बिनीबाट पाँच पदाधिकारी निर्वाचित
बुटवल । नेकपा एमालेको ११औँ अधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
ओली नेतृत्वमा लुम्बिनी प्रदेशबाट पाँच पदाधिकारी निर्वाचित भएका छन् । जसमा तीन उपाध्यक्ष, एक महासचिव र एक सचिव रहेका छन् ।
बिहीबार (पुस ३) को अन्तिम मतपरिणामअनुसार एमाले उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट र रामबहादुर थापा बादल बिजयी बनेका छन् ।
यस्तै, महासचिवमा शंकर पोख्रेल र सचिवमा छविलाल विश्वकर्मा निर्वाचित बने ।
पौडेल र विश्वकर्मा रुपन्देही, विष्ट र थापा गुल्मी तथा पोखरेल दाङका स्थायीवासी हुन् ।
विष्ट ईश्वर पोखरेल पक्षधर हुन् ।
अघिल्लो महाधिवेशनमार्फत लुम्बिनीले सचिव टोपबहादुर रायमाझी (निलम्बित)सहित सात पदाधिकारी पाएको थियो ।
१०औँ महाधिवेशनबाट रायमाझीसहित उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्मा निर्वाचित थिए ।

लेखकको सम्वन्धमा