बुटवलको राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरको प्रतियोगिताको झल्को(फोटो भिडियो सहित)

बुटवलको राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरको प्रतियोगिताको झल्को(फोटो भिडियो सहित)
0 0
Read Time:2 Minute, 51 Second

बुटवल । बुटवलमा आजदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको मंगलबार बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा एक बिशेष कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे ।
सो अवसरमा नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उपमहानगरपालिकाले गौरवको कार्यक्रमको रूपमा लिएको भन्दै सोही अनुसार बजेट बिनियोजन गरिएको बताए ।

बुटवलमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रिय स्तरको प्रतियोगिताको झल्को दिने विश्वास ब्यक्त गरे ।

बुटवलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा पर्याप्त बजेट छुट्टयाइएको बताउदै नगर प्रमुख पाण्डेयले सोही अनुसार खेल मैदान निर्माण र बिभिन्न बिधामा प्रतियोगिताहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले खेलकुदको विकासलाई बिशेष महत्त्व दिएर बजेट छुट्टयाइएको भन्दै खेलकुदले विद्यार्थीको स्वास्थ्यसँगै पठनपाठनमा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्वमा सम्पन्न प्रतियोगिता उदघाटन कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य सचिव प्रेमबहादुर बस्नेत, नगर खेलकुद विकास समितिका सदस्य लालहरी पाण्डेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गर्ने खेल कमिसार हरी प्रसाद श्रेष्ठले जानकारी दिए ।उद्घाटन कार्यक्रममा कालिका मानवज्ञान मावि,नविन औद्योगिक कदरबहादुर रीता मावि,उजिरसिं मावि लगायतका विद्यालयहरूले पिटि तथा सांगीतिक प्रस्तुति गरेका थिए ।

हेरौ तस्वीरहरु

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %