बुटवलमा मदन भण्डारी गाेल्डकप भलिवलकाे तयारी पूरा
- लुम्बिनी प्रेस संवाददाता
- पुस १५, २०८१
- 126 Shares
-
बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ ।
पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ । प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समुहले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्धितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैया नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ ।
उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा