सलून उद्यमी मोहन ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

सलून उद्यमी मोहन ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड
1 0
Read Time:2 Minute, 3 Second

बुटवल । नेपालमा सैलुन क्षेत्रलाई ब्यवस्थापन गर्दै लामो समयदेखी काम गर्दै आएका सैलुन उद्यमी मोहन ठाकुरले रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड प्राप्त गरेका छन।
नेपालको उत्कृष्ट हेयर ड्रेसर र सैलून उद्यमीको रूपमा भारतमा आयोजित कार्यक्रममा ठाकुरले रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड २०२४ प्राप्त गर्न सफल भएका हुन।

ठाकुरलाई प्रतिष्ठित बलिउड अभिनेत्री अमृता रावले अवार्ड प्रदान गरिन्। होटल हयात रिजेन्सी, लखनउ, भारतमा आयोजित गरिएको कार्यक्रमबाट अवार्ड पाउँदा आफुलाइ निकै खुसी लागेको ठाकुर बताउछन।

उनले जुन क्षेत्रको लागि आफुलाइ सम्मान गरिएको छ त्यो कुरालाइ अझै दृढका साथमा अगाडि बढ्ने प्रतिक्रिया दिए।
उनले भने,”यस अवार्डले मलाई कपालको हेरचाह र कलात्मकतामा उत्कृष्ट प्रदर्शन गर्न जारी राख्न प्रेरित गरिरहेको छ । ”

ठाकुरले पछिल्लो समय बुटवल अमरपथ सिह कम्प्लेक्समा समृद्धि सलोन तथा एकेडेमी सञ्चालन गर्दै आएका छन। समृद्धिका पोखरा, मणिग्राम, जितपुर कपिलवस्तु, बर्दघाटमा शाखा रहेका छन भने यी सबै साखामा गरि ५० भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन।

ठाकुरले एकेडेमी मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन। बुटवलमा युनिसेक्स को रुपमा सैलुन ब्यवसाय सञ्चालन गर्दै सम्मानयोग्य पेशा बनाएको श्रेय ठाकुरलाई जान्छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %