बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा

बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा
0 0
Read Time:1 Minute, 43 Second

बुटवल । यहि पुसको ३ गतेदेशि सञ्चालनमा रहेको बुटवलको औद्योगिक व्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले प्राथमिक उपचार सेवा प्रदान गरेको छ ।

मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला स्थलमा आईपर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

बुटवलको मेलामा आउने सबै अवलोकन कर्ताहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गर्नेगरी व्यवस्थापन गरिएको छ । मेलामा स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालका जनरल म्यानेजर देवेश कर्णले बताए ।
प्रत्येक दिन स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएकोले बुटवल हस्पिटलमा हुने अन्य सेवाका वारेमा बुझ्न र विभिन्न स्वास्थ्य चेकअपका प्याकेजहरु लिनका लागि पनि प्राथमिक उपचारकक्षमा पुग्न अस्पतालका मेडिकल सुपरेटेण्डेन डा. कृष्ण खनालले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %