लागूऔषधसहित दाङमा तीन जना पक्राउ
- लुम्बिनी प्रेस संवाददाता
- पुस ७, २०८१
- 262 Shares
-
दाङ । दाङमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि रहेका छन् । भारतको बहराइच जिल्ला रुपेडिहा घर भई तुलसीपुर-६ मदनआश्रित चोकमा कोठा भाडामा बस्ने ३४ वर्षिय इरफान राई, तुलसीपुर-६ का २८ वर्षिय मनोज सुनार र १९ वर्षिय रञ्जित बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साथबाट ३ ग्राम ८२१ मिलिग्राम लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडीलाई तुलसीपुर-१३ दमारगाउँ चेकपोष्टमा जाँच गर्ने क्रममा भारतीय नागरिक इरफानको साथबाट लागूऔषध फेला पारिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा