लागूऔषधसहित दाङमा तीन जना पक्राउ

लागूऔषधसहित दाङमा तीन जना पक्राउ
0 0
Read Time:1 Minute, 26 Second

दाङ । दाङमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि रहेका छन् । भारतको बहराइच जिल्ला रुपेडिहा घर भई तुलसीपुर-६ मदनआश्रित चोकमा कोठा भाडामा बस्ने ३४ वर्षिय इरफान राई, तुलसीपुर-६ का २८ वर्षिय मनोज सुनार र १९ वर्षिय रञ्जित बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साथबाट ३ ग्राम ८२१ मिलिग्राम लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडीलाई तुलसीपुर-१३ दमारगाउँ चेकपोष्टमा जाँच गर्ने क्रममा भारतीय नागरिक इरफानको साथबाट लागूऔषध फेला पारिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %