इनरह्वील मिडटाउन बुटवलले बाढ्याे न्यानाे कपडा

इनरह्वील मिडटाउन बुटवलले बाढ्याे न्यानाे कपडा
0 0
Read Time:2 Minute, 54 Second

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ६ मा न्यानो कपडासहित स्टेसनरी सामान वितरण गरिएको छ । इनरह्वील क्लव अफ मिडटाउन बुटवलले शनिबार तानसेन ६ को जनप्रिय माध्यमिक विद्यालयका विदार्थीका लागि न्यानो कपडा र स्टेशनरी सामान वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयरमेन आइ डब्लु आशा श्रेष्ठले इनरह्वील क्लव अफ मिडटाउन बुटवलले विभिन्न खालका सामाजिक कामहरु गर्दे आएको बताइन् । श्रेष्ठले कल्बले जहिले पनि समाजमा टेवा पुग्ने काम ् समाजकै हितका लागि कल्बले काम गर्ने बताइन ।

यसै गरि विशिष्ट अतिथि तानसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सागरमान महर्जनले क्लवले शैक्षिक सामग्री वितरण गरेकोमा खुसी व्यक्त गर्दे अरु संघुंस्थाले पनि यो सिक्नु पर्ने बताए ।

कार्यक्रममा कल्बका अध्यक्ष राधिका रिजालले देउसी भैलोबाट सङ्कलन भएको रकमबाट यो सहयोग गरेका बताईन ।उनले आफ्नो कार्यकाल भरि सामाजिक कार्य , श्रिक्षा क्षेत्र लगायतका क्षेत्रहरुमा आफुले काम गर्ने बताउदै यसरी सहयोग प्रदान गर्न पाउदा आफ्नो कार्यकाल सफल भए जस्तो आभास भएको व्यक्त गरिन ।

य्रस्तै विद्यालयका प्रधानाध्यापक हिरा आचार्य , तानसेन ६ का वडा सदस्य गोमा गैरे , विद्यालयका उपप्राचार्य तीर्थप्रसाद गौतम , विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मी पाण्डे , कुलबहादुर भाट , शिक्षक अभिभावक संघका अध्यक्ष शिव बिक , प्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको मेलवर्न निवासी तुलसी सापकोटाले १० वटा स्वीटर सौजन्य गरेका थिए भने पाष्ट प्रेसिडेन्ट तृष्णा श्रेष्ठ , अध्यक्ष राधिका रिजाल , बोर्ड मेम्बर शिवा राना साथै सदस्य कविता परियारबाट स्टेसनरी र खाने कुरा सौजन्य गरिएको थिए । स्वागत मन्तव्य पास प्रेसिडेन्ट तृष्णा श्रेष्ठले गरेकि थिइन भने कार्यक्रम सञ्चालन सचिव सुशीला पोखरेलले गरेकी थिइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %