प्रदेशमा महिला परिषद सिघ्र गठन गरौ : पूर्वमन्त्री अधिकारी

बुटवल । लुम्बिनी प्रदेशका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिला परिषद गठनमा पहल गर्न आग्रह गरेकि छन।
उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारले महिला संयन्त्र गठनका लागि बजेट छुट्याइए पनि अहिलेसम्म प्रक्रिया नथालिएको बताउदै त्यसका लागि पहल गर्न आग्रह गरिन ।
सञ्चारिका समुह नेपाल लुम्बिनीले बिहीबारदेखि बुटवलमा सुरु गरेको ३ दिने पत्रकार महिलाका लागि खोजमुलक समाचार लेखन कार्यशालामा बोल्दै उनले प्रदेश सरकार अन्तरगत महिला संरचना नभएकाले महिलाको हक हीत संरक्षण र योजना निर्माणका लागि महिला परिषद आवश्यक ठानिएको बताईन ।
‘महिलाका बालबालिकाको अधिकार र संरक्षणमा सघाउन कार्यकारी उपाध्यक्ष सहितको महिला परिषद स्थापना गर्ने लक्ष्य लिएका हौं ।’ उनले भनिन ।
कार्यशालामा बोल्दै मन्त्री अधिकारीले आमा बन्दा रोजगारी गुम्ने अवस्था हुन नदिन आफू मन्त्री हुँदा बुटवल, नेपालगन्ज, घोराही र राप्तीमा श्रमिक लक्षित शीशु स्याहार केन्द्र खोल्न बजेट विनियोजन भएपनि त्यसमा समेत अहिलेसम्म काम नभएको गुनासो गरिन।
यस्तै, महिलालाई रोजगारीमा लगाउन लुम्बिनीका महिला उद्यमशीलतामा पहिला भन्ने कार्यक्रम ल्याएको तर, सो कार्यक्रम पनि कार्यान्वयनमा नगएको उनको भनाइ छ ।
सरकार परिवर्तनसँगै हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको मन्त्री अधिकारीले बताईन । उनले महिला लक्षित कार्यक्रम राम्रा बनेपनि कार्यान्वयनमा समस्या रहेको बताउदै त्यसलाई खबरदारी आवश्यक रहेको बताइन ।
संचारिका समूहले एसिया फाउन्डेसनको युएसएड नागरिक समाज र संचार कार्यक्रमको सहयोगमा संचालित लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि सञ्चार पैरवी परियोजना अन्तर्गत ३ दिने खोजमुलक समाचार लेखन कार्यशाला सुरु गरेको हो ।
कार्यशाला ३ दिनसम्म संचालन हुनेछ । कार्यशालामा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी र कपिलवस्तुका २ दर्जन पत्रकार महिलाको सहभागिता छ ।
कर्यशालामा सहभागी पत्रकार महिलाले महिला, युवा र सिमान्तकृत समूदायका विषयमा खोजमूलक समाचार तयार गर्नेछन् । कार्यशालामा अमृता अनमोल, रुपा गहतराज लगायतले सहजीकरण गरेका छन । उनीहरुले सहभागीलाई समाचारका स्वरुप, संरचना, स्रोत, परिक्षण लगायतका बारेमा सहजीकरण गरेकि थिईन ।
लेखकको सम्वन्धमा