विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
0 0
Read Time:1 Minute, 6 Second

दाङ । दाङमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग लमही–भालुवाङ सडक खण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरीका २० वर्षका किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

निजी विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन् ।

सोही सडक खण्डमा हिजो बेलुका मालवाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %