विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- लुम्बिनी प्रेस संवाददाता
- पुस २, २०८१
- 262 Shares
-
Read Time:1 Minute, 6 Second
दाङ । दाङमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग लमही–भालुवाङ सडक खण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरीका २० वर्षका किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
निजी विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन् ।
सोही सडक खण्डमा हिजो बेलुका मालवाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा