कृष्णनगर भन्सार कार्यालयले ५ महिनामा ३४.५ प्रतिशत राजस्व उठायो

कृष्णनगर भन्सार कार्यालयले ५ महिनामा ३४.५ प्रतिशत राजस्व उठायो
0 0
Read Time:2 Minute, 27 Second

कपिलवस्तु । कपिलबस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८१–८२ को ५ माहिना मंसिर मसान्त सम्म तोकेको लक्ष्यको जम्मा ३४.५ प्रतिशत राजस्व उठाउन सफल भएको छ ।

कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८१–८२ बर्षमा ५ अर्ब ३२ करोड ५६ लाख ८९ हजार लक्ष्य दिएको थियो , ५ माहिना मंसिर मसान्त सम्म सम्म जम्मा १ अर्ब ८३ करोड ८५ लाख राजस्व उठाउन सफल भएको जुन लक्ष्यको करीब ३४ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको कृष्णनगर भन्सार कार्यालयका सुचना अधिकारी लेखनाथ भट्टराईले जानकारी दिनु भएको छ ।

मंसिर सम्मको लक्ष्य २ अर्ब १४ करोेड ३५ लाख तोकिएको मध्ये मंसिर सम्म लक्ष्यको करिब ८५ प्रतिशत राजस्व उठाउन सफल भएको
प्रत्येक माहिनमा भन्सार कार्यालयको एउटा लक्ष्य निर्णय गरेको हुन्छ जनु मंसिर मसान्तको लक्ष्यको हामी मासीक लक्ष्यको करीब ८५ प्रतिशत राजस्व उठन सफल भएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।

मंसिर मसन्त सम्मका राजस्व लक्ष्य ४४ करोड ५९ लाख ६२ हजार रहेको थियो भने लक्ष्यको करिब ९६.७२ मंसिर सम्म कृष्णनगर भन्सार कार्यालय राजस्व उठाउन सफल भएको सुचना अधिकारी भट्टराईले बताए ।

आर्थिक मन्दीमा पनि केहि हद सम्म राजस्व उठाउन सफल भएको कष्णनगर भन्सार कार्यालयबाट मुख्य आयत हुने बस्त मालबस्तु औधोगिक कच्चा पदार्थ बढी आउने गरेको ,कोईला बियर बोतल केन , सिमेन्ट कच्चा पदार्थहरु , गहुँदाना , खसीबोका , भेनियर सिट , बिभिन्न जताका फलफुल , जुत्ताचप्पल , यी बस्तुहरुने बढी आयत हुने बताए निरर्यात हुने बस्तु सिमेन्ट भएको जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %