शिक्षकहरुमा अटिजम सम्बन्धि सचेतना

शिक्षकहरुमा अटिजम सम्बन्धि सचेतना
0 0
Read Time:3 Minute, 12 Second

बुटवल । बालबालिकाहरुमा पछिल्लो समय निकै धेरै समस्या देखीईरहेको अटिजम भएका विद्यार्थीहरुलाई विद्यालयमा शिक्षकले कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा बुटवलमा अभिमुखिकरण गरिएको छ।

काठमाडौ युनिभर्सिटी(केयु)को आयोजनमा शिक्षकहरुमा अटिजम सम्बन्धि सचेतता तथा स्वीकृति प्राप्त हुने अवस्थाको बारेमा कार्यक्रम गरिएको हो।केयु प्रतिनिधि सिजन शाक्यले आरिजम अहिले बालबालिकाहरुमा देखिरहेको अटिजमको बारेमा विद्यालय र शिक्षकले जानकारी लिनुपर्ने बताईन।

कार्यक्रममा बोल्दै केयुका विद्यार्थी मल्लिका घिमिरेले अटिजम स्नायुप्रणाली सम्बन्धि देखिने एउटा अवस्था भएको बताउदै अटिजम भएका बालबालिकाहरुलाई सामाजिक क्रियाकलाप तथा सञ्चार गर्न गाह्रो हुने भएकोले विद्यालयका शिक्षकले यसको बारेमा बुझ्नुपर्ने बताईन।

उनले बालबालिकाहरुले गर्न नहुने खालाअ कृयाकलापलाई एकोहोरो पाराले दोहोर्‍याउने तथा आफ्नो इच्छा अनुसारका काम राम्रो सङ गर्ने प्रष्ठाईन । उनले अटिजम भएको बालबालिकाको अए अर्काको लक्षण मेल खाने नहुन सक्ने उल्लेख गर्दै फरक लक्षण र बानी ब्यहोरा हुने भएकोले सोही अनुसार गर्न आग्रह गरिन।

केयुका विद्यार्थी अस्बिर सारुले अटिजम भएका बालबालिकाहरु बिधालयमा मुख्य समय बिताउने भएकोले शिक्षकहरुले बुझ्न सक्नेगरी काम गर्नुपर्ने बताए।

प्यानल डिस्कसनमा अटिजम केयर शोसाईटी लुम्बिनीका प्यारेन्ट चाईल्ड ट्रेनर अनिशा बस्याल,समर्पण बाल गृह बुटवलका सञ्चालक डा शान्ता शर्मा, मारिया मन्टेस्वरी सञ्चालक मधु प्रसाद अर्याल, मेडिटेक हस्पिटलका मेसु डा सतिश रुपाखेती ,राष्ट्रिय अपांग महासंघको सदस्य साबित्रा घिमिरे लगायतले बच्चाहरुमा अटिजम हुँदैमा आत्तिनु नपर्ने बताउदै उनिहरुको सहज जिवनयापनक लागि काम गर्नुपर्ने बताएका थिए।

उनिहरुले बालबालिकामा भएको अटिजमलाई स्विकार्न सकेमा बालबालिकाको क्षमता बिकास हुनुका साथै जीवनयापन सहज बनाउन सहयोग पुग्ने बताएका थिए।बुटवल उपमहानगर भित्रका ३७ बिद्यालयका बाल बिकास देखि कक्षा ३ सम्म अध्यापन गराउने प्रत्येक बिद्यालयका २/२ जना शिक्षकहरुको सहभागीता रहेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %