चर्चाका समाचारहरु

पत्रकार महासंघ लुम्बिनीकाे अध्यक्षमा चाैलागाईं विजयी

पत्रकार महासंघ लुम्बिनीकाे अध्यक्षमा चाैलागाईं विजयी
0 0
Read Time:2 Minute, 21 Second

बुटवल । नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । चाैलागाईंले ५९९ मत प्राप्त भने उनका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत ल्याएका छन् ।

उपाध्यक्षमा रामप्रसाद आचार्यसमेत निर्वाचित भएका छन् । उनले ६५६ मत ल्याउँदा उनका प्रतिस्पर्धीले आशिष कुमार गुप्ताले १५० मत प्राप्त गरेका छन्। अर्को उपाध्यक्ष जुमानसिंह के.सी. १५५ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्ष मिना ढकाल निर्वाचन भएकी छन्। उनले ६२१ मत प्राप्त गरेकी छन्। उनले मेनका चौधरी चौधरीलाई पराजित गरिन् । चौधरीले ३१२ मत प्राप्त गरेकी छन् ।

महासचिवमा पाण्डप प्रसाद शर्मा निर्वाचन भएका छन् । उनले ५१६ मत ल्याएर निर्वाचित भएका छन् । महासचिव डा. डक्टप्रसाद धितालले ३३० मत ल्याए। राजु खरालले ११ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा गोविन्दप्रसाद शर्मा निर्विराेध भएका छन्। सचिव (समावेशी)मा सरला सुवेदी निर्वाचित भएकी छन्। सुवेदी ६०२ प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धा गरेका चिन्ता बहादुर दर्जीले ३३२ मत ल्याएकी छन् ।

कोषाध्यक्षमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले ६४३ प्राप्त गर्दा दीपेश पराई विष्टले २७१ प्राप्त गरे।

यस्तै कार्यसमिति सदस्यहरू तेजेन्द्र के.सी.ले ७३१ प्राप्त गर्दै विजय भएका छन् । केसी रातापाटीकर्मी हुन्। अन्य सदस्यमा निर्मल आचार्यले ६२२ मत, प्यार अली खानले ४९५ मत, वसन्त बन्जाडे ५१७ मत, हिम बहादुर घर्ती खत्री क्षेत्रीले ४३५ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतम जनाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %