रुपन्देहीमा शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप

रुपन्देहीमा  शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप
0 0
Read Time:1 Minute, 51 Second

बुटवल । रुपन्देहीका केही शैक्षिक संस्थाले विद्यार्थीबाट नियम विपरीत असुलेको रकम फिर्ता गर्ने भएका छन्। नेपाल विद्यार्थी सङ्घले शैक्षिक क्षेत्र सुधार र विद्यार्थीको पक्षमा आन्दोलन गरेर छात्रवृत्तिको नाममा विद्यालयहरूले नियम विपरीत लिएको रकम फिर्ता गराउन थालेको हो ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघले रकम फिर्ता गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । विद्यार्थीबाट नियम विपरीत शुल्क उठाउनेमा तिलोत्तमाको होराइजन जीबीएस, न्यु होराइजन बोर्डिङ स्कुल, मणिमुकुन्द, अक्सफोर्ड, मुनलाइट, सिद्धार्थ बोर्डिङ हाई स्कुल, मणिमुकुन्द उच्च माविले लगायतका शैक्षिक सस्था रहेका छन् ।

हिसानसँगको सहमतिपछि ती विद्यालयहरूले उक्त रकम फिर्ता गर्न तयार भएको नेविसंघका केन्द्रीय प्रतिनिधि तिलकराम पाण्डेयले पत्रकार सम्मेलन जानकारी दिए। नेविसङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबै भन्दा धेरै होराइजन जीबीएसले १९ लाख २४ हजार २८० रुपैयाँ, न्यु अक्सफोर्ड उच्च माविले १० लाख ६९ हजार ७३० रुपैयाँ बढी शुल्क उठाएको छ । केन्द्रीय सदस्य पाण्डेले यस्तो अभियान अव कपिलवस्तुमा पनि सुरु गर्ने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %