लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?

लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?
0 0
Read Time:2 Minute, 48 Second

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा शनिबार बुटवलमा बसेको संयन्त्रको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा ब्रिफिङ गरेका थिए।

उनले एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको बैठकमा जानकारी दिएका छन् । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संसदीय क्षेत्रमा भएका कामहरूको बारेमा प्रकाश पारेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए।

उक्त बैठकमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।

प्रदेश संयन्त्रको बैठकले मङ्सिर मसान्तसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै मङ्सिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । भेलामा काङ्ग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन् । यस्तै काङ्ग्रेसबाट संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल मुस्कान रहेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %