बालकुमारी मृत्यु प्रकरण : प्रधानमन्त्रीकाे राजिनामा माग्दै सुर्खेतमा प्रदर्शन
- लुम्बिनी प्रेस संवाददाता
- पुस १४, २०८०
- 129 Shares
-
सुर्खेत । ललितपुरकाे बालकुमारिमा दुई युवाकाे प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा प्रधानमन्त्री पुषपकमल दाहालको राजिनामा माग गर्दै प्रर्दशन गरिएकाे छ ।
मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरुले सडकमा टायर बालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भाैतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाकाे समेत राजिनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
सरकारकाे कार्यशैलीले देशमै सुरक्षाकाे वातावरणकाे ग्यारेन्टी गर्न नसकेकाे भन्दै युवाहरुले सरकारकाे चर्काे विराेध गरेका छन् । मृतकलाई सहिद घाेषणा गर्नुपर्ने, परिवारकाे आजिवन जीवन सुरक्षाकाे ग्यारेन्टी हुनुपर्ने माग उनीहरुकाे छ ।
शुक्रबार भएको उक्त घटनामा दैलेख र अछामका दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रूप लिएपछि जनधनको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा