‘धनिकला’का हस्तकलामा दर्शकको आकर्षण

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ मैनाबगरकी धनिकला पुन मगरको परिवार कोरोनाले आर्थिक सङ्कटबाट गुज्रियो। आम्दानी गर्न सकिने र आफ्नो क्षमता भएको हस्तकलाको प्रयोग गर्ने निर्णयमा मगर परिवार पुग्यो।
सामान्य रूपका मूर्तिहरू बनाउँदै व्यवसाय सुरु गरेका उनीहरूको यो साथमा यति बेला धेरै मूर्तिहरू रहेका छन्। मैनाबगरमा नै कोसेली हस्तकला केन्द्र सञ्चालन गरी उत्पादन एवं बजारीकरणको काम गरिरहेका छन्।
धनिकलाका श्रीमान् मूर्ति बनाउन दक्ष कलाकार हुन। उनले मूर्तिका डाइ बनाउने देखि लिएर रङ्ग रोगनका काम गर्दै आएका छन्। उनको काममा धनिकलाका श्रीमानका साथै दुई छोरी,नन्द र भाईले साथ दिएका छन्। उनीहरू उत्पादन देखि बजारीकरणसम्म विभिन्न कामहरू मिलेरै गर्छन्।
उनीहरूले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरूको स्टल बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० ल्याएका छन्। १३१ र १३२ नम्बर स्टलमा उनीहरू आफ्ना उत्पादन प्रदर्शन एव बिक्री वितरण समेत गरिरहेका हुन।
धनिकलाले आफूहरूले उत्पादन गरेको बस्तुको बारेमा जानकारी प्रदान गराएमा भविष्यमा समेत ग्राहक आउने भएकोले अहिले बिक्री भन्दा पनि जानकारी गराउने महत्त्वपूर्ण ठानेर काम गरिरहेको बताइन।
अहिले एक्स्पोमा स्टलमा छुट पाएकोले ग्राहकहरूलाई ३० प्रतिशत सम्म छुट व्यवस्था गरिएको बताइन। उनले आफूहरूले हिन्दु धर्मका सम्पूर्ण सामाग्री एवं मूर्तिहरू र भगवान गौतम बुद्धको मूर्तिहरू बिक्री वितरण गरिएको जानकारी दिइन।
एक्स्पोमा आफ्नो बारेमा प्रचार प्रसार र कारोबारको लक्ष्यको बारेमा बताउँदै एक्स्पो अवधि भर ९/१० लाख कारोबारको अपेक्षा गरिएको बताइन। उनले अर्डर अनुसार जस्तो सुकै कुरा पनि तयार पार्न सकिने बताइन।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले पुस ५ गतेदेखि सञ्चालित मेला पुस १८ गतेसम्म चल्नेछ।
एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोसाकका १ सय ४१ स्टल छन् । होटेल तथा रेस्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिकका ५३,बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
लेखकको सम्वन्धमा