भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा भट्टराई
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर २७, २०८०
- 110 Shares
-

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको आज (बुधबार) सम्पन्न एक्काइसौं अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष भट्टराई रियलस्टेट र नर्सरी व्यवसाय तथा मोडलिङ् पेशामा आवद्ध छन् ।
नवनिर्वाचित समितिका कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी (अमित), उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य चयन भएका छन् । त्यस्तै, नयाँ समितिका सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त किशोर पंगेनीले जानकारी दिए ।
निर्वाचन सम्पन्न भएलगत्तै वर्ष २०२३ र वर्ष २०२४ को संयुक्त बोर्ड बैठकले आगामी पौषको तेश्रो साता पदहस्तान्तरणको कार्यक्रम गर्ने वर्ष २०२३ का अध्यक्ष माधवप्रसाद पाण्डेयले जानकारी दिए।
पदाधिकारी निर्वाचनअघि निर्वाचन आयुक्त एवम् शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले उम्मेदवारी प्रशिक्षण दिए भने पूर्व अध्यक्ष मनोज आचार्यको प्रमुख आतिथ्यमा शाखाको २२ औं साधारण सभा सम्पन्न भएको थियो । साधारण सभाले महासचिव जीवन भट्टराई र कोषाध्यक्ष मीनप्रसाद तिवारीको प्रतिवेदन सर्वसम्मत पारित गरेको उपाध्यक्ष रूपेश पाण्डेले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा