विपन्न एकल महिलाहरुका छोरीहरुलाई छात्रवृत्ति प्रदान
Read Time:1 Minute, 19 Second
बुटवल । बुटवल उपमहानगरपालिका भित्र बसोबास गरिरहेका विपन्न एकल महिलाहरुका छोरीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ।
मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा र क्रुवे वुस्ट्रोको सहयोगमा छात्रवृत्ति बितरण गरिएको समुह रुपन्देही सचिव रिता सेनले जानकारी दिइन।
समुहको अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा न. ५ को अध्यक्ष हरि प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा समूह लुम्बिनी प्रदेश अध्यक्ष जानकी घिमिरे, जनप्रतिनिधि माया दर्नाल, पबित्रा खनाल लगायत बोलेका थिए। कार्यक्रममा ९ जना बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
संगसगै लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान लाई राष्ट्रिय नारा सहित मनाउने निर्णय गरिएको सचिव सेनले जानकारी दिइन।

लेखकको सम्वन्धमा