चर्चाका समाचारहरु

नवप्रतिभा सहकारीको रजतयन्तीमा सरसफाई एव डस्टबीन बितरण

नवप्रतिभा सहकारीको रजतयन्तीमा सरसफाई एव डस्टबीन बितरण
0 0
Read Time:2 Minute, 41 Second

बुटवल । नवलपरासी अरुणखोला स्थीत मुख्य कार्यालय रहेको नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती बिभिन्न कार्यक्रम गरि मनाएको छ । बुटवल सेवा केन्द्रले पनि सिद्धबाबा धामको सरसफाई एवं बिभिन्न स्थानमा डस्टबिन बितरण गरी मनाएको छ ।
सहकारीको रजतजयन्ती तथा सस्था स्थापना दिवस अवसरमा सेवा केन्द्र बुटवलले बिहिबार बुटवल ३ मा रहेको सिद्धबाबा मन्दिर क्षेत्र सरसफाई एव डस्टिब्न बितरण गरेको हो। बुटवल सेवा केन्द्रका पदाधिकारी तथा कर्मचारीसिहतको टोलिले सरसफाई गरेको हो ।
मन्दिर परिसरमा सिरसफाई पश्चात डस्टिब्न बितरण कार्यक्रममा बोल्दै बुटवल सेवा केन्द्र संयोजक शिव राज पोख्रेलले सहकारीको २० आँै शाखा बुटवलमा आएको बताउँदै सहकारीले स्थापना तथा रजत जयन्तीमा सामाजिक कार्यहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।
बुटवल ३ चिडियाखोला स्थित सिद्धबाबा धाम ब्यवस्थापन समिती उपाध्यक्ष लक्ष्मण पोख्रेललाई डस्बीन हस्तान्तरण गरिएको थियो ।
यस्तै सहकारीले बुटवल उपमहानगरपालिका ३ र ५ को वडा कार्यालय, ईलाका प्रहरी कार्यालय बुटवल, ट्राफिक प्रदेश प्रहरी कार्यालय, देबिनगर प्रहरी बिट, ट्राफिक चोकको प्रहरी बिट तथा गोलपार्क देखी योगिकुटी सम्मका चोकचोकमा डस्बीन राखिएको बुटवल शाखा अध्यक्ष पोख्रेलले जानकारी दिए ।
डस्टबिन बितरणपछि सहकारी सेवा कार्यालय बुटवल चौराहामा केक काटेर जयन्ती मनाईएको उनले जानकारी दिए ।
२० शाखाहरु रहेको सहकारीका बुटवलमा ३९२ सदस्यहरु रहेको पोख्रेलले जानकारी दिए। चन्द्रमणी खरेलको अध्यक्षतामा रहेको केन्द्रिय सञ्चालक समितीमा १० जना पदाधिकारी र सदस्यहरु रहेका छन।सहकारीका २० शाखामा ४३ हजार ८३६ सदस्यहरु रहेका छन। सहकारीको शेयरपुजी ३३ करोढ ४३ लाख ५० हजार,बचतपुजी १ अर्ब ३८ करोड ५८ लाख ६० हजार रहेको छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %