शुद्धोधन१मा विपत आउनुपर्व तयारी सम्बन्धी अभिमुखकिरण

शुद्धोधन१मा विपत आउनुपर्व तयारी सम्बन्धी अभिमुखकिरण
0 0
Read Time:3 Minute, 36 Second

रुपन्देही २६, मंसिर । विपत कुनै पुर्व सूचना दिएर आउदैन । अकस्मात आउने यस्तो खालको विपतबाट कसरी जोगिने, उद्धार कसरी गर्ने र क्षती न्यूनीकरण के र कसरी गर्ने लगायतका विषयमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का स्थानीयलाई तालिम प्रदान गरिएको छ ।
दुई दिन सम्म चल्ने तालिमको सोमबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १ को सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद नेपालको आयोजतामा ‘विपत आउनुपुर्व तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ गरिएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका वडा नं १का अध्यक्ष उदयराज गडेरीयाले तालिममा सिकेका सिपलाई व्यवहारतहः लागू गरेमा यसले ठुलो प्रभाव पार्ने वताउनु भयो विपतको समयमा पुर्व जानकारी नभएको कारण मानिसले ज्यान गुमाउन बाध्य हुने भन्दै उहाले यसको लागि सबै जना समयमा नै सचेत हुन आवश्यक रहेको वताउनु भयो।
तालिममा शशस्त्र प्रहरी निरिक्षक ईश्वर अधिकारी, शशस्त्र प्रहरी निरिक्षक कुल बहादुर खड्काले सहजीकरण गर्दै आगलागी, बाढि, डुवान, भुकम्प तथा अन्य दैविक प्रकोपको विषयमा कसरी बच्ने र अरुलाई बचाउने भन्ने विषयमा प्रकाश पर्नु भएको थियो ।
विपत वा दैविप्रकोपको समयमा आईपर्ने विभिन्न समस्याको समाधान, विपत जोखिम न्युनीकरण के कसरी गर्न सकिन्छ साथै गाउँ घरमा उपलब्ध स्रोत र साधानको उच्च प्रयोग गरी के कसरी क्षती न्युनीकरण गर्न सकिन्छ रु भन्ने विषयमा प्रयोगात्मक सहितको तालिम प्रदान समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा सचिव हिरालाल भुषालले विपतको समयमा समान्य खालको ज्ञान सिपले पनि मानिसको ज्यान जानबाट जोगीन सक्ने भन्दै यसमा सबैले ध्यान केन्द्रीत गर्न आवश्यक रहेको वताउनु भयो।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य राम मिलन लोध, वडा सचिव हिरालाल भुषाल, वडा सदस्य महेन्द्र मल्लाह, कमला मुसहर, मुरलीधनर लोनिया, मनकुमारी थारु लगायतको सहभागीता रहेको थियो ।
लुम्बिनी ग्रामिण विकास परिषद् नेपालका अध्यक्ष चन्द्रकान्त खनालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहले विपत पूर्वतयारी योजना बनाएका जनतालाई सचेत बनाउनु राम्रो काम भएको बताउनु भयो ।सबै वडामा यस्ता कार्यक्रमले जनतालाई सचेत गराउने भन्दै सबैमा कार्यक्रम संञ्चालन गर्नुपर्ने बताउनु भयो। वडा नं १का ७० जना स्थानियहरु सहभागी अभिमुखीकरण दुई दिनचल्ने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %