डेरिको स्थापना दिवसमा रक्तदान

डेरिको स्थापना दिवसमा रक्तदान
0 0
Read Time:1 Minute, 43 Second

बुटवल, १६ मंसिर । १४ औ स्थापना दिवसको अवसरमा रुपन्देही डेरि ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघ डेरि बस्तुगत समितिको सहआयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शुभारम्भ गर्दै सामाजिक कार्यमा बुटवलका ब्यवसायिक संस्थाहरुको योगदान रहेको बताए ।
कार्यक्रममा समितिका अध्यक्ष अमृतसिह भण्डारीले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा समेत ब्यवसायीहरुको योगदान रहेको बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले ब्लड बैकमा नियमित कार्यक्रम भएपनि रगतको अभाव रहेको बताए ।
रक्तदानप्रति अझै पनि मानिसहरुमा गलत सोचका हाबि हुदा दाता कम भएकाले अधिकास समय रगतको अभाव देखिने गरेको उनले बताए । कार्यक्रम संयोजक विष्णु पाण्डेले ५० युनिट रगत संकलन भएको बताए ।
समितिमा हाल ४ सय सदस्यहरु दुग्ध ब्यवसायमा आवद्ध छन । कार्यक्रममा समितिका सल्लाहकार कृष्ण भट्टराई, महासचिव पदम पौडेलले रक्तदानको महत्व बुझाउने गरि कार्यक्रम गरिदै आएको बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %