आवश्यक प्रवन्ध बिना राजधानी नसार्नु बेस : बासुदेब घिमिरे
Read Time:58 Second
बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बासुदेब घिमिरेले लुम्बिनी प्रदेशको राजधानी आवश्यक प्रबन्ध नसार्न आग्रह गरेका छन।
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ लैजाने प्रयास गरेको बारेमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आवश्यक प्रबन्ध बिना राजधानीका कार्यलयहरु तत्काल नसार्नु नै बेस हुने प्रतिक्रिया दिएका छन। कामचलाउ सरकार रहेकोले हतारिदै राजधानी सार्नु गलत हुने उल्लेख गरेका छन। उनले फेसबुकमा लेखेका छन – “कामचलाउ सरकारले आवश्यक प्रबन्ध बिना राजधानीका कार्यलयहरु तत्काल नसार्नु नै बेस !!”

लेखकको सम्वन्धमा