‘दिगो विकास लक्ष्य हाँसिल गर्न सबैको सहकार्य आवश्यक’
बुटवल, १६ कार्तिक । सरकारले अवलम्बन गरेका दिगो विकासका लक्ष्य हासिल गर्नको लागि सबैको सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको आयोजानमा बुटवलमा भएकोॅदिगो विकास लक्ष्य सम्बन्धि प्रदेश स्तरिय क्षमता विकास कार्यशला’ कार्यक्रमका सहभागीहरुले सबैको साथ सहयोगबाट मात्रै दिगो विकासका लक्ष्य हासिल गर्न सकिने बताएका हुन ।
कार्यक्रममा बोल्दै गैसस महासंघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज केन्द्रीय सदस्य तथा लुम्बिनी ईन्चार्ज गोविन्द प्रसाद रेग्मीले तिनै तहका सरकार, नीजी क्षेत्र, गैरसरकारी संस्थाहरुको साझा पहलबाट मात्रै लक्ष्य सहज रुपमा भेटउन सकिने बताए । कार्यक्रममा
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय कार्यालय कार्यकारी निर्देशक हुम भण्डारी, लुम्बिनी प्रदेश योजना आयोगका प्रशासकीउत अधिकृत अन्नतमणि मरासिनीले दिगो विकास लक्ष्य सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ःजितकुमारी बेल्बासे(शुसिला) को अध्यक्षतामा भएको थियो । कार्यक्रममा गैसस महासंघ रुपन्देही अध्यक्ष धर्मराज घिमिरे, गैसस, कपिलवस्तु अध्यक्ष जय प्रकाश पाण्डे सहित महासंघका प्रदेश तथा जिल्ला समितिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

लेखकको सम्वन्धमा