बुटवलमा भुकम्पीय कृत्रिम अभ्यास

बुटवलमा भुकम्पीय कृत्रिम अभ्यास
0 0
Read Time:2 Minute, 52 Second

बुटवल,१७ कार्तिक ।
बुटवलमा भुकम्पमा आधारित टेवलटप कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक मामिला कानुन तथा सञ्चालन मन्त्रालयको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनामा बुधबार कृतिम घटना अभ्यास गरिएको हो।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले कार्यक्रममा बिपदको समयमा शुरक्षा निकाय फ्रन्ट लाईनमा रहने बताउदै यो अभ्यासले घटना भएको समयको लागि निकै सहज हुने बताए।
उनले लुम्बिनी प्रदेश सरकारले बिपदको क्षेत्रमा निकै ठूला उद्धारका कामहरु पनि भईरहेको बताउदै अन्य क्षेत्रबाट पनि बिपदको लागि काम गर्नु सराहनीय रहेको बताए।
कार्यक्रममा बोल्दै रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति कृष्ण पङेनी कार्यक्रमको बारेमा बताउदै भुकम्पमा क्षती कम गर्नेगरी कामहरु गर्नको लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको बताए।
आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमला उनले भुकम्पबाट निकै क्षती हुने भएकोले यो कृतिम अभ्यास निकै महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा नेपाली सेना, ससस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानिय नगर प्रहरी, विभिन्न स्थानिय तहका बिपद महाशाखा एव शाखा प्रमुख, विभिन्न संघ सस्थाका प्रमुख र पत्रकारसहित कृत्रिम अभ्यास गरिएको हो।
कार्यक्रमको सञ्चालन मन्त्रालयका बिपद फोकल पर्सन रबिन्द्र केसिले गरेका थिए।
कार्यक्रममा डा सिर्जन बहादुर मल्लले भुकम्पको अवस्था र गर्व सकिने पुर्वतयारीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
सुपर परियोजनाले बिपदको बिबरण द्रुत प्रदान गर्ने ईरा एप्लिकेसन सञ्चालन, पत्रकारहरुलाइ तालिम, भुकम्पीय प्रभावको तालिम, बिषयगत क्षेत्रका तालिम हरु प्रदेशका १२ वटौ जिल्लामा कामहरु गरिरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %