लुम्बिनी प्रदेश सभाको बैठक सुरु
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर ८, २०८२
- 223 Shares
-
Read Time:56 Second
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन सुरु भएको छ। अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे सुरु हुने भनिए पनि केही बेरअघि मात्रै बैठक प्रारम्भ भएको हो।
कार्यसूचीअनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन्। यसमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र तथा छैठौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू समावेश छन्।
त्यसपछि दलगत तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ। लुम्बिनीमा गत भदौ ३१ गते छैठौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको थियो।
प्रतिकृया दिनुहोस्
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा

लेखकको सम्वन्धमा