बोपाराले लगातार अर्धशतक बनाउँदा लुम्बिनीविरुद्ध चितवनको सम्मानजनक योगफल

बोपाराले लगातार अर्धशतक बनाउँदा लुम्बिनीविरुद्ध चितवनको सम्मानजनक योगफल
0 0
Read Time:2 Minute, 27 Second

काठमाडौं । मध्यक्रम ब्याटर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दुई अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गर्‍यो ।

चितवनको ब्याटिङमा बोपाराले सर्वाधिक ६६ रन बनाए । यसक्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै, समग्र एनपीएलमा भने बोपाराको यो पाँचौँ अर्धशतक हो । यसअघि पनि चितवनकै प्रतिनिधित्व गरेको बोपाराले पहिलो संस्करणमा तीन अर्धशतक बनाएका थिए ।

बोपाराले ४३–३ को स्थितिबाट कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ४४ रनको साझेदारी चितवनको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । कुशलले १८ बलमा एक छक्कासहित २१ रन थपे ।

सैफ जैबले सात बलमा दुई चौका र एक छक्कासहित १५ रन जोडे । देव खनालले १४ र ओपनर दीपक बोहराले १० रन बनाए । चितवनले ओपनर डेविड मलानलाई भने पहिलो ओभरमै गुमाएको थियो । मलान ‘गोल्डेन डक’ भएका थिए ।

लुम्बिनीका रुबेन ट्रम्पेलमनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २३ रनमात्र खर्चिए । यस्तै, अभिषेश गौतम र गुलबद्दिन नैबको नाममा समान दुई विकेट रह्यो ।

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीको भने यो पहिलो खेल हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %