एनपीएल–२ : चितवनविरुद्ध पावर प्लेमा लुम्बिनीको पकड

एनपीएल–२ : चितवनविरुद्ध पावर प्लेमा लुम्बिनीको पकड
0 0
Read Time:1 Minute, 34 Second

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजविरुद्ध पहिलो पावर प्लेमा लुम्बिनी लायन्सले पकड बनाएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनले पहिलो पावर प्ले (६ ओभर) को खेल समाप्त हुँदासम्म दुई विकेट गुमाएर ३२ रनमात्र बनाएको छ ।

चितवनबाट हाल क्रिजमा रहेका रवि बोपारा १५ र देव खनाल चार रनमा खेलिरहेका छन् । त्यसअघि चितवनले पहिलो ओभरमै ओपनर डेविड मलानलाई गुमाएको थियो । इंग्ल्यान्डको राष्ट्रिय टिमबाट समेत खेलिसकेका मलान ‘गोल्डेन डक’ भए । उनलाई लुम्बिनीका रुबेन ट्रम्पेलमनले बोल्ड गरे । यस्तै, चितवनले ३.२ ओभरमा गुमाएको थियो । चितवनका दीपक बोहरालाई अभिषेश गौतमले विकेटकिपर समीर अलीबाट क्याच गराएका थिए ।

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीको भने यो पहिलो खेल हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %