लुम्बिनीमा कुन कुन ठाउँ हुँदैछ उपनिर्वाचन ?

बुटवल । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडाध्यक्षको लागि निर्वाचन हुने छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।
गत भदौ २८ गते सवारी दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको मृत्यु भएको थियो । उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएकी थिइन् । उनको मृत्यु पछि रिक्त रहेको उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो ।
यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका अध्यक्ष पनि सोही सवारी दुर्घटनामा परी मृत्य भएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था अनुसार उपनिर्वाचनको तयारी गरिएको हो ।
यी रिक्त पदहरुमा एमालेले उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । एमालले रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा केशकुमारी तुलाचन, वडा नं २ को अध्यक्षमा जीवन रोका, गुल्मी मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्षमा दलबहादुर थापा, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ४ मा विष्णुप्रसाद सापकोटा, कपिलवस्तु शुद्धोधन गाउापालिका वडा नं १ मा अब्दुल मोजिन खाँ, रोल्पा रुन्टिगढी गाउँपालिका ४ को अध्यक्षमा बेगम पुनलाई उम्मेदवार बनाइएको एमाले लुम्बिनीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले बताए ।
कांग्रेस र माओवादीले अझै औपचारिक रुपमा उम्मेद्वारको घोषणा गरेका छैन् । कांग्रेस र माओवादीले अबको १/२ दिनमा नै उम्मेदवार टुङ्गाउने बताएका छन् । रास्वपाले उपनिर्वाचनमा भाग लिने बताए पनि अहिलेसम्म उम्मेद्वार घोषणा भने गरेको छैन् ।
यस्तो थियो , २०७९ को मतपरिणाम
२०७९ को निर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । तत्कालिन अवस्थामा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् ।
उनका निकटम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । यस्तै सोही गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । यहाँ पनि गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।
यता गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।
यता रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका टंकबहादुर पुन ४८८ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका वेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडाअध्यक्ष पद खाली भएको थियो । गत निर्वाचनमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।
यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाएका थिए ।
लेखकको सम्वन्धमा