चर्चाका समाचारहरु

गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै
0 0
Read Time:3 Minute, 35 Second

वुटवल। गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् । अहिले भइरहेको उडानलाई नियमित राख्न आठ सय मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्ने गरी प्रविधिमा आधारित प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो ।”

आरएनपीएआर जडानका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना जारी गर्नुपर्ने भएकाले एक महिनाभित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृति लिएर काम पूरा गर्ने गरी प्रव्रिmया अघि बढेको उनले जानकारी दिए ।

उनका अनुसार हाल भैरहवामा परम्परागत प्रविधि (भिओआर डिएमई) मा आधारित उडानका लागि १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । त्यहाँको उडानलाई सुरक्षित बनाउन जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम सञ्चालनमा समस्या देखिएपछि भू–उपग्रह (सेटेलाइट बेस नेभिगेसन) मा आधारित रहेर आरएनपी एआर जडान हुन लागेको उनको भनाइ छ ।

आरएनपी एआर भू–उपग्रहमा आधारित अवतरण प्रणाली रहेको र आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि भएकाले आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्ने उनले बताउनुभयो । यो प्रणाली कार्यान्वयनमा ल्याउन विमानचालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रव्रिmया पूरा गरेपछि आठ सय मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान हुन सक्ने उनको भनाइ छ ।

प्राधिकरणले करिब एक अर्ब रुपियाँ खर्च गरेर जडान गरेको आइएलएसको ‘फ्रिक्वेन्सी’ भारतको एरोबेसमा परेपछि भारतले सञ्चालन गर्न अनुमति नदिएका कारण त्यसको विकल्पमा आरएनपी एआर प्रविधि जडान गर्न लागिएको हो । उक्त प्रविधि सञ्चालनमा आए बाक्लो हुस्सु र कुहिरो लागेको समयमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न सकिने प्राधिकरणको दाबी छ ।

हाल यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित छ, जसको मद्दतले ११ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण भइरहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %