सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर १३, २०८१
- 159 Shares
-
बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिका- १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् ।
आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका वार्ड १ को पतरियामा लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति गिरिधरी लाल न्यौपानेले प्रयोग गर्ने लु.बा १२९७ नम्बरको लागि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
उक्त गाडीमा प्रदेश सभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, झविलाल पोखरेललगायत नेताहरूले एमालेका वडाध्यक्षको उम्मेदवार मोहोम्द ताहिर मुसलमानको पक्ष मत माग्दै गरेको पाइएपछि नियन्त्रण लिएर गाडी प्रहरीको जिम्मा लगाएको स्थानीय रवि ठाकुरले रातोपाटीलाई बताए ।
सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि अहिले प्रहरी पठाएको बताए । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा