न्यु होराइजन कलेजमा शैक्षिक कार्यशाला गोष्ठि
बुटवल । न्यु होराइजन कलेज ड्राइभरटोलले वि.एस्सी.मा अध्ययनरत विद्यार्थीहरुको निम्ति ‘स्टडी डाइनामिक्स’ विषयक एक दिने शैक्षिक कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका स्नातक तह, वि.एस्सी.मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यशाला गोष्ठि सम्पन्न गरेको हो ।
विद्यार्थीहरुले आफूलाई विश्ववजारमा कसरी विस्तारिकरण एवम् सहजीकरण गर्ने भन्ने मुख्य उद्देश्यले आयोजना गरिएको कार्यशालामा विद्यार्थीले अध्ययन, लक्ष्य र सफलता रणनीति, व्यक्तिगत र राष्ट्रिय समृद्धिमा योगदान योजना, स्वसशक्तिकरण लगायतका विषयहरु सिकेका हुन् । कार्यशालालाई अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् योग ध्यान तथा न्यूरो साइन्स प्रशिक्षक ऋषि न्यौपानेले सहजिकरण गरेका थिए ।

प्रशिक्षार्थी स्वस्तिका ढकाल, यमन भुसाल लगायतले अनुभव मन्तव्य राख्दै कार्यशालाले सम्पूर्ण विद्यार्थीलाई स्वसशक्तिकरण सफलता रणनीति, जीवन व्यवस्थापन, लक्ष्य प्राप्ति योजना लगायत गुणस्तरीय जीवन व्यवस्थापनका लागि र्मा प्रसस्त गरेको बताए ।
होराइजन गौतम बुद्ध स्कुलका प्राचार्य गोपालप्रसाद आचार्य न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, उपप्राध्यापक डा. तारानाथ भट्टराई लगायतले कार्यशालामा बोल्दै विद्यार्थीहरुलाई समयानुकूल अत्याधुनिक प्रविधिसँगै गुणस्तरीय एवम् व्यवहारिक शिक्षामा होराइजन सधैं प्रतिबद्ध रहेको बताए ।
साथै विज्ञान विषयको महŒव र क्षेत्र वर्तमान अवस्थामा अत्यन्तै प्रभावकारी रहेकोले समुज्ज्वल जीवन सुरक्षित भएकोसमेत बताए।


लेखकको सम्वन्धमा