चर्चाका समाचारहरु

वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य
0 0
Read Time:2 Minute, 57 Second

नेपालगञ्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन ।

वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले बहुबर्षिय आयोजनामा समावेश गरेर उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका हुन ।

‘यो निकै राम्रो सामाजिक कार्य हो । यो दल, उ दल भन्दा पनि आम नागरिकको सहभागितामा अघि बढेको यो कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ’मुख्यमन्त्री आचार्यले भने,‘जग्गा प्राप्ती र डिपिआर निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरुरी छ । महायज्ञबाट पनि यहाँहरुले लगानी जम्मा गर्नु भएको छ । सबै स्रोतहरुको सहि परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्ने छ ।’

डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदी तटमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्न थालिएको छ । समुदायको अग्रसरतामा अघि बढेको कामलाई प्रदेश सरकारले साथ दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

विद्युतीय शवदाहगृह सहिथ सिधनियाघाट हुने र अर्काे पाटोमा किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्रद्धाकर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने आध्यात्मिक उपवन‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको छ ।

वैकुण्ठधाम निर्माणकालागि नागरिक सहभागिता जुटाउन कार्तिक २२ गतेदेखी महायज्ञ समेत सञ्चालन गरिएको थियो । यज्ञमा करिब तीन करोड दान संकलन भएको थियो । समिक्षा बैठक वैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा.शुरेसकुमार कनौडियाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %