स्थापना दिवसमा अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २८, २०८१
- 280 Shares
-
बुटवल । ग्रेस ईन्टरनेसनल एजुकेसन माइग्रेसनको १८ औ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरेको छ।
बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरिएको हो।
बुधवार एक कार्यक्रमको आयोजना गर्दै ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईको नेतृत्वको टोलीले आश्रममा पुगेर जाडोको लागि न्यानो कपडा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ग्रेसले आफ्नो वार्षिकोत्सवको अवसरमा एउटा सामाजिक उत्तरदायीत्वको कामको साथमा मनाउने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उनले ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै १५ सेट बिस्तारा, केही बोरा चामल, तेल, चाउचाउ लगायतका सामाग्रीहरू वितरण गरिएको बताए ।
आश्रमका अध्यक्ष डोल बहादुर रामदानले अनाथ सँगै अपाङ्ग आश्रम भए पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको बताउँदै विभिन्न सामाजिक संघ संस्थाको सहयोग बाट आश्रम चलिरहेको बताए ।

उनले हाल आश्रममा ३८ जना आश्रित रहेको बताउँदै उनले २१ जना पुरुष र १७ जना महिला रहेको जानकारी दिए ।
कार्यक्रममा काउन्सिलर प्रविना खनाल , क्यानडा संयोजक प्रशान्त न्यौपाने, अप्रेसन हेड सबिता सापकोटा, काउन्सिलर रञ्जन पराजुली, काउन्सीलर बाबुराम पराजुली, राना ट्राभलका सञ्चालक जीवन राना लगायतले बोलेका थिए ।



प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा