लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयविच पारस्परिक सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बारे छलफल

लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयविच पारस्परिक सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बारे छलफल
0 0
Read Time:1 Minute, 58 Second

दाङ। लुम्बिनी प्राविधक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयपछी पारस्परिक सम्वन्ध तथा सहयोग आदान प्रदान गर्ने बारे प्रक्रिया अघि बढेको छ ।
चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहनु भएका मुख्यमन्त्री आचार्य संग मंगलबार विश्व वौद्ध संस्कृती आदान प्रदान यूनियनका उपाध्यक्ष चेन होङ्ग क्वानी र सिचुआन विश्व विद्यालयका नेपाल अध्ययन विभागका निर्देशक ह्वाङ चोङले सिस्टाचार भेट गरेका छन ।
सो क्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयविच पारस्परिक सम्वन्ध तथा सहयोग आदानप्रदान बारे छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी जानकारी दिए ।‘प्रदेशको विकास संग दक्ष प्राविधिक जनशक्ति उत्पादन देखी समग्र विकासमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित थियो’भुशालले भन्नुभयो,‘आगामी दिनहरुमा सहयोग र समन्वयको निरन्तरता बारेमा पनि कुराहरु भएका छन् ।’ भेटको क्रममा प्रदेशको समग्र विकास, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, लुम्बिनीमा हुन गइरहेको चौथो एसिशयाली बौद्ध सम्मेलन र त्यही समयमा लुम्बिनी लगानी सम्मेलनको बारेमा समेत कुराकानी भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %