बुटवलमा उत्पादनमा आधारित अनुदान हस्तान्तरण
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २१, २०८०
- 51 Shares
-

बुटवल । बुटवल १५ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ। तरकारी, फलफूल र मसला खेतीका लागि बुटवल उपमहानगरपालिकाले वडा नं १५ का २ वटा संस्थालाई नगर प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले अनुदान हस्तान्तरण गरे।
अनुदान हस्तान्तरण गर्दै प्रवक्ता रानाले कृषि उत्पादनमा आधारित अनुदानले बुटवलमा खेतीपातीमा किसानलाई आकर्षित गर्न बल पुगेको बताए।
‘कृषिमा उत्पादकको माग, नगरको साथ, कृषि विकासमा के पाइन्छ होइन के चाहिन्छ’ भन्ने वार्षिक नीति अनुसार मागमा आधारित २२ वटा योजना छनोट गरी अनुदान हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत कोशेबाली, तेलहन, पुष्प खेती, पिडालु, प्याज तथा मौरीपालनतर्फ अनुदान दिइएको हो।
यस्तै कृषि विकास कार्यक्रमअन्तरगत वार्षिक न्युनतम ५ मेट्रिक टन बिक्री वितरण तथा कारोबार सञ्चालन गरेका संस्थाहरुलाई दिने बुटवल जैविक कृषि उपज सहकारी संस्था बुटवल १५ र सिम्रिक कृषि सहकारी संस्था लि बुटवल १७ लाई धान र गहुँको मूल बीउ उत्पादक ६० जना किसानहरुलाई अनुदान दिइएको छ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा