भारतीय सिमानाकामा अबैध कारोबार रोक्न जुर्मुरायो खुद्रा किराना ब्यवसायी संघ, प्रशासन तथा भन्सारमा ज्ञापन

भारतीय सिमानाकामा अबैध कारोबार रोक्न जुर्मुरायो खुद्रा किराना ब्यवसायी संघ, प्रशासन तथा भन्सारमा ज्ञापन
0 0
Read Time:3 Minute, 17 Second

बुटवल ।भारतसंग खुल्ला सिमा नाका रहेको रुपन्देहीका विभिन्न नाकाबाट अबैध व्यापार हुन थालेपछि खुद्रा किराना ब्यवसायी संघ जुर्मुराएको छ।

विवाहको बाहानामा भारतीय बजारमा गएर समाग्रीहरु किन्ने कुराको शुरुआत देखिनै बिरोध गर्दै आएको सस्थाले चाडपर्वको समयमा नाकाबाट अबैध कारोबार हुन थालेपछि एक्सनमै उत्रीएको हो।खुद्रा किराना व्यवसायी संघ, बुटवल रुपन्देहीले सीमा नाकामा अवैध व्यापार रोक्न माग गरेको छ ।

भारतको सिमानामा हुने अवैध व्यापार चोरी निकासीका कारण विशेष गरेर रुपन्देहीमा दर्ता भएका साना पसलहरू मार परेको भन्दै भैरहवा भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाईएको हो।

अध्यक्ष मोहन प्रसाद बस्यालले ज्ञापन पत्रमा आफुहरुको दबाबमा केहि समय सीमा क्षेत्रमा कडाइ भए पनि पछि समय विजय दशमी, शुभ दीपावली र छठका विवाह वतवन्ध जस्ता कार्यको नाममा दैनिक उपभोग्य वस्तुको अवैध व्यापार यस क्षेत्रका उपभोक्तहरु सुनौली बजारमा जाने गतिविधिका कारण हामी र हाम्रा व्यवसायीहरू अत्यन्तै मारमा परेको कुरा उल्ले!गरेको बताए।

चाडपर्व लक्षित गरेर व्यवसायीले गरेको खाद्य सामाग्री खरिद फेरी आम उपभोक्ता चाड पर्वको सामान खरिद गर्ने सुनौलीको बजार तय गरे पनि त्यो सामान जस्ताको तस्तै विक्री नभएर अवस्था देखाएको भन्दै व्यवसायहरू खुला सिमाना र खुल्ला सिमाना कारण हुने यस किसिमको गतिविधि रोकथाम तथा नियन्त्रण गर्न आवश्यकता देखिएकोले सम्बन्धित निकायको ध्यान जानु पर्ने अध्यक्ष निवर्तमान अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले बताए।

कार्यक्रममा सल्लाहकार कृष्ण पाण्डेले खुद्रा ब्यवसायी संघले पटकपटक पहल गर्दै भन्सारमा कडाई भएको बताउदै उनले अबैध कारोबारलाई बन्द गराउन आग्रह गरे।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र पोख्रेल,प्रथम उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने, द्वितीय उपाध्यक्ष राधा भुसाल, सचिव गोपाल प्रसाद ज्ञवाली,सहसचिव यमलाल बेल्बासे,कोषाध्यक्ष टिकाराम शर्मा, सदस्य हुमनाथ पोख्रेल लगायतको सहभागीता रहेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %