स्थायी सरकार नबन्दा न्याय सम्पादनमा ढिलाई भयो : उपप्रमुख अर्याल
बुटवल, १० मंसिर ।
बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले बहुमतको सरकार नबन्दा धेरै ब्यक्तिहरुले न्याय नपाएको बताएकी छन।
ओझेलमा परेका संक्रमणकालिन न्यायको सवालमा आधारित नागरिक संवाद कार्यक्रममा बोल्दै अर्यालले जुनसुकै दलको भएपनी एकल र स्थायी सरकार बनेको भए न्याय सम्पादनमा ढिलाइ नहुने भएपनी सरकार स्थायी नहुदा ढिलाइ भएको बताइन। उनले स्थीर सरकार बनाउनका लागि मतदान गर्नुपर्ने भएपनी यो पटक झन समस्या सिर्जना हुनसक्ने आशंका ब्यक्त गरिन।
घण्टीमा भोट दिदा देश झन अस्थिर भएको बताउदै पुराना पार्टिहरु नेकपा एमाले, नेपाली काङ्ग्रेसले नबनाएको देश रबि लामिछानेले बनाउन नसक्ने बताईन।
कुरेभ वुस्ट्रोको सहयोग तथा मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देहीको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै उनले बुटवल उपमहानगरपालिकाले एकल महिलाको पक्षमा अहिलेको जति बजेट यो भन्दा पहिला नभएको बताउदै द्वन्द्व पिडितका समस्याको हकमा पछि नहट्ने बताईन। उनले मेयर उपमेयर दुई पार्टिका भएपनी जनताको काममा राजनीति नगर्ने बताईन।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख प्रशासनकिय अधिकृत टेकराज पन्थीले जुन पक्षका समस्या समस्या हुन ती समस्या सम्बोधन गर्नको लागि सोही ब्यक्तिमात्रै बोल्दा समस्या भएको बताए। उनले बुटवल उपमहानगरले गृहणी महिलालाई सिपमुलक तालिम लगायतका कामहरु गरिरहेको बताउदै आत्मनिर्भर बन्नेखालका कामहरु गर्न आग्रह गरे। उनले बजेट बनाउन भन्दा पहिला नै बजेट माग गरेमा कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए। उनले स्वास्थ्य बिमा अनिवार्य गर्दै द्वन्द्व पिडित परिवारका न्युनतम एक जनालाई रोजगार उपलब्ध गराउने गरि कामहरु गर्न आवश्यक रहेकोमा जोड दिदै बुटवलले आवश्यक कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा बोल्दै बुटवल ९ वडा सदस्य इन्दिरा ज्ञवालीले यो कार्यकालमा द्वन्द पीडितका लागि केही सम्बोधन हुने बताइन।उनले बुटवल ९ भित्रका एकल महिलाको स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता ब्यक्त गरिन।
कार्यक्रममा बोल्दै द्वन्द्व पिडित जया पौडेलले १९ वर्ष सम्म न्यायको बाताबरण नभएको गुनासो गरिन। उनले द्वन्द पिडितलाइ न्याय दिने कुरा कसैले सम्बोधन नगरेको बताईन। उनले पढ्न बाकी रहेकालाइ पढाउने र पढिसकेकालाई रोजगारको ब्यवस्थापन गर्नुपर्ने बताईन। उनले कार्यान्वयन नगर्ने बिधिलाइ अब हटाउन आवश्यकता रहेकोमा जोड दिइन।सुकेको घाउ कोट्याउनु बाहेक कुनै काम नभएको बताइन।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता ईन्दिरा आचार्यले द्वन्द्वकालमा गरेका गलत क्रियाकलाप बिरुद्ध कानुन बोलेको बताईन। उनले फौजदारी अपराधका सन्दर्भमा पनि कानुन बोलेको बताउदै द्वन्द्वका समयका घटनामा पनि मुद्दा दर्ता गर्न आग्रह गर्दै पीडितलाई न्याय प्रदान हुने बताइन।
कार्यक्रममा मानव अधिकारको लागि महिला,एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष जानुका घिमिरे अर्याल, रुपन्देही अध्यक्ष मनु खड्का लगायतले बोलेका थिए। मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुपन्देही सचीव रिता सेनले गरेकी थिइन।


लेखकको सम्वन्धमा