चर्चाका समाचारहरु

नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज

नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज
0 0
Read Time:1 Minute, 15 Second

काठमाण्डाै, २ मंसिर । नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज हुँदैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक/एक को बराबरी गरेको छ ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो । आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जित्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %