उत्साहित घनश्याम भुसाल, आशावादी मतदाता
भैरहवा, २८ कार्तिक । एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजितहुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए ।
यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्मएकअर्कालाई आक्षेपम ाउत्रिएका छैनन् । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमाआएकाहुन् । उनी भविबलका पूर्व खेलाडी हुन् । तीक्ष्ण क्षमताभएका भुसाल बामपन्थी बैचारिक नेता मानिन्छन् । यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाईमा स्थापितनीति समेत पारित गरेको थियो । ‘दुर्भाग्यनीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र बामपन्थी पार्टी नीतिविनाको हुँदै गयो’,आइतबार रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भने ।
उनले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठीक भएपनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्वहावीहुँदाएमाले सही ट्रयाकमा हिंड्न नसकेको सुनाए । एमाल ेपरित्याग गरेका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यकालागि स्वतन्त्रउम्मेदवारी दिएका छन् । उनलाई सत्ताघटक दलहरुले समर्थन गरेका छन् ।उनीत्रिभुजचुनावचिन्हलिएर मैदानमा छन् ।
यही निर्वाचन क्षेत्रबाट उनै भुसालसँगएमालेमा रहँदा तीनदशक बढी सहकार्य गरेका एमाले सचिवविश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । तीन दशकलामो मित्रता उनीहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ । बैचारिक एवं माक्र्सवादकाब्याख्याता नेता भुसाल र विश्वकर्मा आमनेसामने हुँदाकसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । तर, भुसालले पछिल्लो समयमा राम्रो जनमर्थन पाएका छन् । यसबाट उनीउत्साहित छन् ।
भुसाल रुपन्देहीको तिलोत्तमानिवासीहुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिकानिवासीहुन् । २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्षनिर्वाचितहुँदाविश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचितभएकाथिए । त्यतिबेलाबाम गठबन्धन भएकाले उनीहरुले सहजजितनिकालेकाथिए । २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यतालिएका भुसालपूर्व कृषिमन्त्री हुन् । विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन् । उनी पनि पूर्वकृषिमन्त्री भइसकेका छन् । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ ।
२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधन पछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए । भुसाल विश्वकर्मा भन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । भुसालले विभिन्न आन्दोलनमा हेमिँदै गर्दा पटक–पटक गरी दुई वर्ष ५ महिना कष्टकर जेल जीवन विताएका छन् । तर, विश्वकर्माले जेल जीवनभने विताउन परेको छैन । भुसालसँगजति विश्वकर्मासँग राजनीतिक अनुभव पनि छैन ।
विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर एकबाट विजयीभएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजितभएका थिए । बाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौति बन्ने देखिन्छ । २०७४ मा राप्रपाका नेतादीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो । भुसालबाम गठबन्धनका साझाउम्मेदवार थिएभने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मतल्याउँदाबोहराले २७हजार ४२२ मतपाएकाथिए ।
०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केह ी शर्मा ओलीकाकारण टिकट पाएनन् र ३ बाट उठे । अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भएका छन् । गत बैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा पार्टीगतरुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा काँग्रेस बलियो छ । तर अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तहनिर्वाचनमा वडाध्यक्षहरुले पाएको मतकाआधारमाकांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपाएसको १ हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमाविश्वकर्मा बलिया देखिन्छन् ।
स्थानीयतहको मतकाआधारमाविश्वकर्मा बलिया देखिएपनि भुसालले पार्टी परित्याग गरेकाकारण करिब ५ हजार मतप्रभावितभएको बताइन्छ । लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ । भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रहीकाम गरेका उनका सहयोगी मनोजकुमार रिजालले एमालेको ८–१० हजार मत प्रभावित हुने बताउँछन् ।
‘घनश्याम भनेको राजनीतिक इमान, बामपन्थीनीति र एउटा ब्राण्ड नै हो’, रिजालले भने, ‘उहाँले एमाले छाड्दा वित्तिकै धेरै मतप्रभावितहुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ भुसाल उम्मेदवार भएपछि धेरै एमालेकाजिल्लास्तर र स्थानीय स्तरका नेता–कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार गरिरहेका छन् । जसले गर्दा पनि भुसालको जितमाकुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ । ‘राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमाउच्चतहमाउहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भने, ‘यसले पनिजितको बाटो सहज गराएको छ ।’ गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनिजित सहजहुने दावी भुसालपक्षीय नेताहरुको छ ।भुसाललाई जनसमर्थन राम्रो छ । एमालेमाविद्रोह छ भने धेरै नेताकार्यकर्ता भुसालतिर लागेका छन्, अर्कातिर गठबन्धनको पनि साथ छ । यस कारण पनि भुसालउत्साहित देखिएकाहुन् ।देवदहनगरपालिका, तिलोत्तमानगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतियागाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छ ।


लेखकको सम्वन्धमा