कामना सेवा विकास बैकको १६ औं वार्षिकोत्सव सम्पन्न
बुटवल, २७ कार्तिक । कामना सेवा विकास बैंक लि. को १६ औं वार्षिकोत्सवको अवसरमा बैकले सप्ताहाब्यापी कार्यक्रम आईतवार सम्पन्न गरेको छ।
बैंकको क्षेत्रिय कार्यलय बुटवलले आयोजना गरेको कार्यक्रममा बुटवल आसपासका सञ्चालक, पुर्व सञ्चालक, संस्थापक लगानीकर्ता तथा बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थितीमा शुभकामना आदान प्रदान साथै केक काटेर आफ्नो वार्षिकउत्सव मनाएको हो।
बैकंका सञ्चालक समिती सदस्य भिम प्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रमुख मोहनदत्त खनालले गरेका थिए। पुर्व सञ्चालक पर्शुराम पाण्डेयको स्वागतमा भएको कार्यक्रममा संस्थापकहरु श्रीकृष्ण पौडेल, रुपकेशरी बज्राचार्य, त्रिलोचन पौडेल, मित्रलाल न्यौपाने, कमल उदय, डा. कृष्ण प्रसाद न्यौपाने र विमल बहादुर शाक्यले थप गुणस्तरीय एवं भरपर्दो बैकीङ सेवा उपलव्ध गराउदै सम्पुर्ण जनमानसको लोकप्रिय बैकं बन्न शुभकामना ब्यक्त गरेमा थिए।
कार्यक्रममा बैकंका यस क्षेत्रका शेयरधनीहरु, सञ्चालक, पुर्व सञ्चालक, बुटवल, कोटीहवा, भैरहवा कलस्टर प्रमुख तथा अन्य कर्मचारीको समेत उल्लेख्य उपस्थिती थियो ।

लेखकको सम्वन्धमा