नेपाल संस्थागत विद्यालय शिक्षक संघ निर्वाचन परिचालन समिति रुपन्देहीको प्रथम बैठक सम्पन्न

नेपाल संस्थागत विद्यालय शिक्षक संघ निर्वाचन परिचालन समिति रुपन्देहीको प्रथम बैठक सम्पन्न
0 0
Read Time:2 Minute, 19 Second

बुटवल, २६ कार्तिक । नेपाल संस्थागत विद्यालय शिक्षक संघ निर्वाचन परिचालन समिति रूपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले नेपाल सस्थांगत विद्यालय शिक्षक संघ निर्वाचन परिचालन समितिलाई पूणर्ता दिने सम्बन्धमा रूपन्देहीका पांच निर्वाचन प्रतिनिधि सभाका पाँचवटा निर्वाचन क्षेत्रका लागि संयोजक र सहसयोजकको व्यवस्था रहने गरी निर्वाचन परिचालन समिति गठन गरिएको हो।
समितिको जिल्ला कार्यसमिति संग समन्वय र सहकार्य गर्दै निर्वाचन क्षेत्रका समितिले आसन्न मंसीर ४ को निर्वाचनमा नेपाली काग्रेसबाट उम्मेदवार बनेका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसारमा रचनात्मक भुमिका खेल्नेछन।
उक्त कार्यक्रममा बोल्दै नेपाल संस्थागत विद्यालय शिक्षक संघका केन्द्रिय उपाध्यक्ष हरीप्रसाद कंडेलले सस्थाले आगामी दिनमा शैक्षिक क्षेत्रको समग्र सुधार गर्नु पर्ने समितिको समयमा प्रमुख ध्येय हुनुपर्ने बताए ।
बैठकमा सल्लाहकार माधव भुसाल, उमेश रेग्मी, केन्द्रीय सदस्य कृष्ण चौहान क्षेत्री, मित्रहरि आर्चाय, विनोद वस्याल, लक्ष्मण घिमिरे लगायतले बोल्दै कांग्रेसका उम्मेद्वारलाई बिजयी बनाउन आवश्यक कामहरु गर्न आग्रह गरेका थिए ।
समितिका संयोजक यकराज पौडेलको सभापतित्व तथा नेपाल संस्थागत विद्यालय शिक्षक सघंका केन्द्रिय उपाध्यक्ष हरीप्रसाद कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकको सञ्चालन सचिव मोहन पाण्डेयले गर्नुभएको थियो ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %