पार्टी प्रबेशको लहरसँगै कांग्रेस रुपन्देही-३ मा उत्साह
भैरहवा, २५ कात्तिक । रुपन्देही क्षेत्र नं. ३ मा पार्टी प्रबेशको लहरसँगै नेपाली कांग्रेसमा उत्साह थपिएको छ । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ पाँच दलीय गठबन्धन र जनमुक्तिको समर्थनमा नेपाली कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश सभा एकतर्फ लोसपा नेता सन्तोषकुुमार पाण्डेय र प्रदेशसभा दुुईतर्फ कांग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन् ।
यी उम्मेदवारहरुलाई समर्थन र सहयोग गर्न स्वतःस्फूर्त नेपाली कांग्रेस प्रवेश गर्ने क्रम बढेसँगै गठबन्धन एवं कांग्रेसमा उत्साह छाएको हो । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)बाट युवाहरु स्वतःस्फूर्त पार्टी प्रवेश गरिरहेको क्षेत्रीय सभापति शुुशील गुुरुङ्गले जानकारी दिए । चुुनावी अभियानको क्रममा कांग्रेसमा करिव ५ हजार प्रबेश गरेको उनले बताए ।
पार्टी प्रबेश गर्नेमा स्वतन्त्रदेखि अन्य पार्टीका जिल्ला स्तरीय नेता समेत रहेका छन् । खासगरी यो बीचमा राप्रपाका स्थानीय प्रभाशाली नेताहरु कांग्रेस प्रबेश गरेका छन् । प्रबेशको लहरसँगैं पाँच दलीय गठबन्धन रुपन्देही ३ मा थप मजबुुत हुँदै गएको छ । ‘गठबन्धनको माहोल दिनहुुँ राम्रो भैरहेको छ । हाम्रा उम्मेदवारसँग बिकासको स्पष्ट भिजन र योजना भएको र बिगतमा गरेका कामको आधारमा पनि पार्टी प्रबेश गरेर र नगरिकनै पनि सहयोग र समर्थन गर्नेहरु बढ्नुुभएको छ’, उनले भने ।
बिहीबार मात्र गृहमन्त्री खाँणले गत स्थानीय निर्वाचनमा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दै लोकप्रिय मत ल्याउन सफल पूणर्माया थापा क्षेत्री, राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का वडा सदस्यहरु अवदेश चौधरी, डिल्लीराज पौडेल र सुनिल जैसवाल तथा नेकपा एमालेका निराजन क्षेत्री, स्नेहा घले, कल्पना जिसीसहितका सिद्धार्थनगर नगरपालिका वडा नम्बर, १, २ ३, ४, ८ र ९ चार सय बढीलाई पार्टी सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका छन् । त्यस्तै, कात्तिक २३ गते दुुई सय, २२ गते दुुई सय, २१ गते एक सय, २० गते एक सय र १९ गते ५० बढी युवाहरु कांग्रेसमा प्रवेश गरेका थिए ।

लेखकको सम्वन्धमा