बालिकाहरु माथी परिवार र आफन्तबाटै हिंसा! अन्त्य गर्न किशोरीको माग
बुटवल । घरपरिवार र आफन्तबाट वालिकाहरु हिंसामा पर्ने गरेको बताउँदै बालिकाहरु माथि हुने हिंसा अन्त्यका लागि सबै लाग्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
अन्तराष्टिय बालिका दिवस २०२२ को अवसरमा किशोरी मञ्च रुपन्देहीले मंगलबार वुटवलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले हरेक समस्याको सुरुवात जहाँ बाट हुन्छ समाधान पनि त्यहि बाट हुने भएको बताउदै बालिका माथि हुने हिंसाका घटना अन्त्यका लागि सबैले आफ्नो ठाँउबाट पहल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले बालिकाहरु मथि हुने हिंसा ८० प्रतिशत भन्दा धेरै घरपरिवार र आफन्तजनहरुबाट हुने गरेको तथ्याङक बताउदै हिंसा परिवारबाट नै अन्त्य हुने बताए ।
धमलाले जहाँ आफुलाई हिंसा भएको अनुभुति हुन्छ त्यहि नै तत्काल प्रतिकार गर्न आग्रह गरे । उनले किशोरीहरु हिंसाबाट बच्नका लागि शुन्य सहनशिलताको निति अपनाउनु पर्ने बताए ।
यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिपक राज नेपालले समयको विकास सँगै मानिसको चेतनामा सामान्य परिवर्तन आए पनि पछिल्लो समयमा भूर्ण हत्या गर्नेहरु अशिक्षित भन्दा शिक्षित समुदायका वर्गहरु रहनु दुःखद भएको बताउदै लुम्बिनी प्रदेश सरकारले यस्ता किसिमका घटनाहरु हुन नदिनका लागि बालबालिका तथा किशोरी सम्बन्धित रणनीतिहरु बनाएको बताए । उनले भने पहिलो सन्तान छोरी जन्मेपछि छोरा पाउने आशमा धेरै भूर्ण हत्याहरु भएका छन् । यस्ता खालका घटनाहरु रोकिन आवश्यक छ ।
कार्यक्रममा अभिभावक संघ रुपन्देही उपाध्यक्ष नित्यानन्द ज्ञवालीले बालबालिकामा आफ्नो मनका कुराहरु व्यक्त नगरि अभिभावकले बुझिदिए हुन्थ्यो भन्ने सोच हुने भएको बताउदै आफ्ना सन्तानलाई मनका कुराहरु निडर भई अभिभावक सँग राख्न सक्ने बातावरण बनाउनु पर्ने कुरामा वोड दिए । उनले अभिभावक र बालबालिका विचको दुरीलाई कम गर्न घरायसी वातावरण राम्रो हुर्ने बताए ।
इलाका प्रहरी कार्यलय प्रहरी निरिक्षक प्रकाश खत्रीले बालिका हिंसा जन्य मुद्धाहरु परिवार र आफन्तहरुबाट बढि हुने गरेको बताए । उनले इलाका प्रहरी कार्यलय वुटवलमा दर्ता भएका मुद्धाका प्रकृतिहरु हेर्दा बालिका हिंसामा अपरिचित भन्दा आफन्तजनहरु बाट नै बढि घटनाहरु भएको जानकारी दिए ।
कार्यक्रममा किशोरी अधिकार मञ्च रुपन्देही अध्यक्ष सिता हरिजनले बोल्दै दिवसको दिन कार्यक्रमका लागि कार्यक्रम एवम अन्र्तक्रिया हुने गरे पनि बालिका हकहितका लागि कुनै पनि कामहरु व्यवहारमा कार्यन्वय नभएको गुनासो गरिन । शिक्षित समुदायका बालिकाहरुका आवाज दवाउन खोज्ने समुदायले अशिक्षित एवम ग्रमिण क्षेत्रका बालिकाहरुको अवस्था झनै नाजुक हुने बताउदै हकहितका लागि काम गर्न सरोकारवालाहरुको ध्यानआर्कषण गराएकि थिइन । किशोरीहरुका लागि कानुन बने पनि उनीहरुले गर्भ बाट नै हिंसा भोग्न बाध्य भएको सुनाउदैै यस्ता खालका हिंसाहरु कहिले सम्म भोग्नुपर्ने हो भन्दै प्रश्न समेत गरेकि थिइन ।
कार्यक्रममा बोल्दै किशोरी तथा युवा संघ कोषाध्यक्ष गुनजन थारुले अब किशोरीहरुलाई हरेक क्षेत्रमा अवसरहरु प्रदान गर्नुपर्ने बताउदै साथ सबैको पाएमा जस्तो सुकै कठिन कार्य पनि गर्न सक्ने बताइन ।
कार्यक्रममा किशोरी मञ्च रुपन्देहीकि बविता विकले बालिका एवम किशोरीहरु प्रति हुने गरेक हिंसाको पछिल्लो अवस्था, घटनाका कारण र घटना सँग सम्बन्धित पक्षहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेकि थिइन् ।
कार्यक्रममा किशोरीहरु, लक्ष्मी गुप्ता, एल्क्स पाण्डे, सुन्दरी कुर्मी, उर्मिला अग्रहरी ,सोनम कुर्मी , प्रतीक्षा खरेल, मधेश मानव अधिकार गृह अध्यक्ष प्रेम चन्द जैसवाल, कार्यकरि निर्देशक लक्ष्मी श्रेष्ठ लागायतले बोल्दै मधेशी समुदायमा देखिने बालिका हिंसाका घटना अन्त्यका लागि जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए ।
‘‘अब हाम्रो पालो–हाम्रो अभिकार , हाम्रो भविष्य’’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरि अन्तराट्रिय दिवस मनाईएको छ । वुटवलमा आयोजित कार्यक्रममा रुपन्देही र कपिलवस्तु जिल्लाका विभिन्न क्षेत्रबाट किशोरीहरुको सहभागिता रहको थियो ।
कार्यक्रम किशोरी अधिकार मञ्च रुपन्देहीको आयोजना, मधेश मानव अधिकार गृह, ओरेक, यु.एन.एफ. पिए, भि.एस.ओ र सञ्चारिका समूह लृम्बिनी प्रदेशको सहयोग तथा समन्वयमा सम्पन्न भएको हो ।

लेखकको सम्वन्धमा