मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार
बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २५२६ र प्रदेशतर्फ ३३० सिटका लागि ३४७७ जनाले उम्मेदवारी दिएका हुन् ।
प्रतनिधिसभामा दलबाट १५८३ को उम्मेदवारी परेको छ । जसमा पुरुष १४३३ र महिला १५० जना छन् । स्वतन्त्रमा ९४३ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ८५८ र महिला ८५ जना छन् । प्रदेशसभातर्फ दलबाट २१९८ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष २१७१, महिला १८९ र अन्य १ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको संख्या १२७९ छ । जसमा पुरुष ११७१ र महिला १०८ जना छन् ।
प्रत्यक्षमा महिलाको न्यून उम्मेदवारी परेको छ । आयोगका अनुसार ९ प्रतिशत मात्र महिलाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ ६४९३ जना उम्मेदवारको नाम बन्दसूचीमा रहेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका ११० सिटका लागि ४८ दलका २४३६ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश छ ।
यस्तै सातवटै प्रदेशका २२० सिटका लागि विभिन्न ४०५७ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा छन् । प्रदेश १ मा ३६ दलका ६६१ जना, मधेस प्रदेशमा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जना उम्मेदवारको नाम बन्दसूचीमा छ ।

लेखकको सम्वन्धमा