मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार
- लुम्बिनी प्रेस संवाददाता
- अशोज २५, २०७९
- 66 Shares
-

बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २५२६ र प्रदेशतर्फ ३३० सिटका लागि ३४७७ जनाले उम्मेदवारी दिएका हुन् ।
प्रतनिधिसभामा दलबाट १५८३ को उम्मेदवारी परेको छ । जसमा पुरुष १४३३ र महिला १५० जना छन् । स्वतन्त्रमा ९४३ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष ८५८ र महिला ८५ जना छन् । प्रदेशसभातर्फ दलबाट २१९८ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष २१७१, महिला १८९ र अन्य १ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको संख्या १२७९ छ । जसमा पुरुष ११७१ र महिला १०८ जना छन् ।
प्रत्यक्षमा महिलाको न्यून उम्मेदवारी परेको छ । आयोगका अनुसार ९ प्रतिशत मात्र महिलाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ ६४९३ जना उम्मेदवारको नाम बन्दसूचीमा रहेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका ११० सिटका लागि ४८ दलका २४३६ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश छ ।
यस्तै सातवटै प्रदेशका २२० सिटका लागि विभिन्न ४०५७ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा छन् । प्रदेश १ मा ३६ दलका ६६१ जना, मधेस प्रदेशमा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जना उम्मेदवारको नाम बन्दसूचीमा छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा