गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १५, २०७९
- 319 Shares
-
बुटवल । लोक सेवा आयोग लुम्बिनी प्रदेशका सदस्य सचिव बाबुराम गौतमले संस्कृति र संम्पदाहरुको संरक्षण गर्न जरुरी रहेको बताएका छन। गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम युवापुस्तालाई जानकारी गराउन यस्ता सम्पदाहरुको जर्गेनागर्न आवश्यक रहेको औल्याए।
सदस्य सचिव गौतमले समाजहरु मार्फत जन्मथलोको सम्झना गराईने भएकाले यस्ता समाजहरु मार्ग दर्शक हुने धारणा राखेका थिए। कर्मथलो रुपन्देही बनाएपनि आफ्नो जन्मथलो कहिलै बिर्साउन नहुने उनको जिकिर थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका उपाध्यक्ष दिनेश खड्का, आजीवन सदस्य खिमबहादुर खड्का, सल्लाहकार लक्ष्मी गौतम, रामबहादुर राना , संस्थापक अधक्ष्य बमबहादुर थापा लगायतले दसैं, तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
गुल्मी झुबुङ्ग सम्पर्क समाजका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मनोज खड्काले गरेका थिए।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा