संसद् विघटनविरुद्ध छ रिट दायर

संसद् विघटनविरुद्ध छ रिट दायर
0 0
Read Time:1 Minute, 48 Second

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध छ रिट दायर भएका छन् । समाचार तयार पार्दासम्म पाँच रिट दायर भएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् ।

‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ, केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन्’ उनले भने, ‘एकपछि अर्को रिट निवेदनहरु पेश भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन गरिसकेका छैनौं, त्यसमाथि अरु निवेदन पनि आइरहेका छन् ।’

गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ ।

गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएको थियो ।

त्यसपछि जेनजी युवा प्रतिनिधिको सिफारिसमेतको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेड पाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %