विपीन जोशीको शव रहे/नरहेको समेत यकिन छैन : राजदूत पण्डित

विपीन जोशीको शव रहे/नरहेको समेत यकिन छैन : राजदूत पण्डित
0 0
Read Time:1 Minute, 16 Second

काठमाडौं । इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको पुष्टि गरिसकेको छ । अहिलेसम्म उनको शवको अवस्थाबारे पनि जानकारी नभएको इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
“इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी हामीलाई दियो । उनको शव पनि रहे/नरहेको यकिन छैन,” राजदूत पण्डितले भने, “जीवित बन्धकलाई अबको दुई–तीन घण्टामा छाडिसक्ने कुरा छ । त्यसपछि आज बेलुकीसम्म केही मृतकको शव हमासले बुझाउने जानकारी प्राप्त भएको छ ।”
बाँकी शवको संयुक्त टास्क फोर्सले आगामी दिनमा खोजी गर्ने उनको भनाइ छ ।
इजरायली सेनाले राजदूत पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपीनलाई हमासले २०२३ अक्टोबर ७ मा बन्धक बनाएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %